जापान र दक्षिण कोरियाबीच के के सम्झौता भयो ?

जापानी प्रधानमन्त्री शिगेरु इशिबा र दक्षिण कोरियाका राष्ट्रपति ली जे–म्युङबीच सुरक्षा, आर्थिक र एआईजस्ता क्षेत्रहरूमा सहयोग सुदृढ बनाउने सम्झौता भएको छ ।

दक्षिण कोरियाली राष्ट्रपतिको जापान भ्रमणका क्रममा दुई नेताबीच सम्झौता भएको हो । यस क्रममा उत्तर कोरियाको परमाणु खतरासँग जुध्न संयुक्त रणनीति बनाउने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।

दक्षिण कोरियाली राष्ट्रपतिको अमेरिका भ्रमणअघि भएको बैठकमा द्विपक्षीय सम्बन्ध र अमेरिकासँगको त्रिपक्षीय सहकार्यलाई बलियो बनाउने कुरामा जोड दिएका छन् ।

ऐतिहासिक मतभेदहरू भए पनि दुवै पक्षदेश कूटनीति वार्ताहरुलाई निरन्तरता दिने, जनस्तरको सम्बन्ध आदानप्रदान र विस्तार गर्ने विषयमा समेत सहमत भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?