
जापानका दुई शहरमा नेपाली राजदुतावासको घुम्ती सेवा सञ्चालन हुने भएको छ ।
जापानस्थित नेपाली राजदूतावासको आयोजना तथा गैरआवासीय नेपाली संघ (एनआरएनए) जापान तथा क्षेत्रीय समितिहरुसँगको सहकार्यमा घुम्ती सेवा सञ्चालन गर्न लागेको हो ।
जापानमा रहेका नेपाली नागरिकहरुलाई सहज रुपमा राहदानी तथा कन्सुलर सेवा प्रदान गर्ने उद्देश्यले होक्काइदो र ओसाकामा घुम्ती सेवा सञ्चालन गर्न लागिएको दूतावासले जनाएको छ ।
होक्काइदोमा सेप्टेम्बरको २० र २१ तारिख बिहान ९ बजेदेखि ४ बजेसम्म र ओसाकामा नोभेम्बर, १, २ र ३ तारिख बिहान ९ बजेदेखि ५ बजेसम्म घुम्ती सेवा सञ्चालन गरिनेछ ।








