जापानले दिने ३० अर्ब ८ करोड लिने सरकारको निर्णय

नेपाल सरकारले जापान सरकारले दिने करिब ३० अर्ब ८ करोड रुपैयाँ सहुलियतपूर्ण लिने निर्णय गरेको छ ।

मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले जापान सरकारले दिने ऋण स्वीकार गर्ने निर्णय भएको जानकारी दिएका हुन् ।

भदौ २ गते बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको हो । गुरुङका अनुसार जापान सरकारबाट प्राप्त हुने यो सहुलियतपूर्ण ऋण सहायता कोटेश्वर इन्टरसेक्सन सुधार आयोजना कार्यान्वयनका लागि खर्च गरिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?