गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानले दुई वर्षे कार्यकालका लागि कार्यसमिति सदस्य, सल्लाहकार र मानार्थ सदस्यहरु मनोनित गरेको छ ।
अध्यक्ष सुभाष लामिछानेको अध्यक्षतामा बसेको एआरएनए जापानको नवनिर्वाचित कार्यसमितिको दोस्रो बैठकले मनोनयनको निर्णय गरेको हो ।
गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद्, जापानको विधान, २००४ (संशोधिन सहितको २०२४) परिच्छेद ४ को धारा २७.१, परिच्छेद ५ को धारा ३९ र परिच्छेद ३ को धारा ७.५ बामोजिÞम लामो समय जापान बसाइको क्रममा विभिन्न तवरबाट नेपाली समाजमा पुर्याएको योगदानको उच्च मूल्यांकन गर्दै २०२५–२०२७ कार्यकालका लागि कार्यसमिति सदस्य, सल्लाहकार तथा मानार्थ सदस्य मनोनित गरिएको जनाएको छ ।
बैठकले कार्यसमिति सदस्यमा प्रमिला राई, टिआर गौडेल, देवेन्द्र तामाङ, प्रवन पाण्डे र बिपिन श्रेष्ठलाई मनोनित गरेको छ ।
यसैगरी सल्लाहकारहरुमा देबराज उप्रेती, हवलचन्द्र लामा, सुरेश चन्द्र उपाध्याय, यम खत्री, सुमित खत्री, सावित्री लोप्चन, केशर गिरी, यामकान्त कंडेल, लोकनाथ वस्ती, दिपक कंडेल, शिशिर लिम्बू, श्यामहरि तिमिल्सिना, रमेश डंगोल, निर्मल शर्मा, राजन भट्टराई (बिक्की), देबेन्द्र खड्का, डिका कार्की, विमल जिएम, बिष्णु रेग्मी र गौरी शंकर गैरेलाई मनोनित गरेको छ ।
यसैगरी विषेशज्ञ समितिमा जिज्ञान कुमार थापा, तिलक मल्ल, कालिका थापा, भूपि गोविन्द श्रेष्ठ, प्रकाश पौडेल (माईला), बलराम उपाध्याय, डा.सरोज कंडेल, डा.भरत नेगी, ईश्वर गुरुङ, सालिकराम भण्डारी र विश्वेश्वर रेग्मी मनोनित भएका छन् ।
यसैगरी एनआरएनए जापानले ३१ जनालाई मानार्थ सदस्यमा मनोनित गरेको छ । जसमा शम्भु केसी, किरण थापा मगर, मोहन सिंह मडै, सुमन सुवेदी, नन्दराज रेग्मी, खेम बहादुर गलामी, बिराट खनाल, गोविन्द भुसाल, युवराज गुरुङ, अशोक शर्मा गोपाल, कृष्ण भण्डारी, शिव प्रसाद रिमाल, नरेश वली, हेन्द्र पिसी, सुमन बस्नेत, गोविन्द गुरुङ, जितेन्द्र केसी, ध्रुव अधिकारी, फडिन्द्र शर्मा सुवेदी, तेज प्रकाश गुरुङ, यदुमनि सापकोटा, इन्द्र घले, गौरी सापकोटा, जीवन क्षेत्री, केशव भण्डारी, हरि पाण्डे, बाबुकाजी भण्डारी, सि.एम भट्टराई, ज्योति केसी, लालबहादुर कार्की र दिनेश अधिकारी रहेका छन् ।
संघले आगामी गतिविधिहरूलाई सफल, प्रभावकारी र सर्वसमावेशी बनाउन सल्लाहकार तथा मानार्थ सदस्यहरूले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास लिएको जनाएको छ ।







