करिब ५५ प्रतिशतलाई परमाणु हतियार वृद्धिको आशंका

जापानी समाचार एजेन्सी एनएचकेले गरेको एक सर्वेक्षणमा करिब ५५ प्रतिशत मानिसले संसारभरी परमाणु हतियारमा वृद्धि भएको आशंका गरेका छन् ।

एनएचकेले हिरोशिमा र नागासाकीमा परमाणु बम खसालेको ८०औं वर्ष पुग्नुअघि गत मेदेखि जुलाईसम्म जापानका १८ वर्षभन्दा माथिका करिब ३६ सय मानिसमा इमेलमार्फत सर्वेक्षण गरेको थियो । जसमध्ये ५५.३ प्रतिशतले परमाणु बमको संख्यामा वृद्धि भएको आशंका गरेका छन् ।

अमेरिकी परमाणु हमलाबारे सोधिएको प्रश्नको जवाफमा ६७ प्रतिशतले अक्षम्य अपराध भएको बताएका छन् भने २० प्रतिशतले युद्ध रोक्न हमला गरेको तर्क गरेका छन् ।

अहिलेका परमाणु हतियार के गर्ने भन्ने प्रश्नको जवाफमा २ प्रतिशतले पूर्ण रुपमा नष्ट गर्नुपर्ने बताएका छन् भने ११ प्रतिशतले पूर्ण रुपमा परमाणु हतियार अन्त्य गर्न नसकिने उल्लेख गरेका छन् ।

यसैगरी ३६ प्रतिशतले सामान्य कमी ल्याउन सकिने सम्भावना रहेको बताएका छन् भने ४९ प्रतिशतले हतियारको यो तथ्यांकमा परिवर्तन नहुने र वास्तममा हतियारको संख्या बढ्ने उल्लेख गरेका छन् ।

हिरोसिमा विश्वविद्यालयका ग्राजुएट स्कुलका प्राध्यापक कावानो नोरियुकीले परमाणु बमबाट प्रभावित शहरका जनताको अन्तिम लक्ष्य र आदर्श पूर्ण रुपमा परमाणु हतियारबाट मुक्त विश्व भएको बताएका छन् । तर संसारका केही क्षेत्रमा बढ्दो हिंसाबीच हतियार नियन्त्रणको कोशिस कमजोर भइरहेको बताएका छन् ।

कावानोले ठूलो संख्यामा मानिसहरु वर्तमान वास्तविकताको स्वीकार गर्ने वा नगर्ने र लक्ष्यतर्फ कुनै ठोस कदम उठाइयो वा उठाइएन भन्नेमा दुविधामा रहेको उल्लेख गरे । उनले परमाणु बमबाट प्रभावित शहरले अहिले पनि ठूला चुनौतीको सामना गरिरहेको उल्लेख गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?