जापानी येनमा अप्रिलयताकै ठूलो गिरावट

जापानी येनमा निरन्तर गिरावट देखिएको छ । बिहीबार जापानी येनको मूल्य गत अप्रिलयताकै सबैभन्दा कम भएर १ अमेरिकी डलर बराबर १५०.८९ येन पुगेको छ ।

जापानी येनमा आएको यो गिरावटले जापानमा रहेका नेपालीहरु समेत प्रभावित बनेका छन् । यो गत अप्रिलयताकै सबैभन्दा कम स्तर हो । बैंक अफ जापान (बीओजे) ले चाँडै ब्याजदर बढाउने अनुमानबीच येनको मूल्यमा गिरावट देखिएको हो ।

अमेरिकी फेडरल रिजर्भ बैंक र बैंक अफ जापानले आफ्नो पछिल्लो नीति बैठकमा ब्याजदर स्थिर राख्ने निर्णय भएसँगै अमेरिका र जापानको ब्याजदर अन्तर कायम रहने संकेतले येनमाथि बिक्रीको दबाब बढेको थियो ।

बीओजेका गभर्नर काजुओ उएदाले चाँडै ब्याजदर वृद्धिको कुनै संकेत नदिएपछि येन थप कमजोर बनेको हो ।
जापानी येन गत अप्रिलमा पनि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रेसिप्रोकल कर घोषणा गरेपछि पनि प्रतिडलर १५० मा झरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?