जापानमा PR को लागि आवेदन प्रक्रिया–जान्नुहोस् आवश्यक कागजात र चरणहरू

टोकियो l जापानमा दीर्घकालीन रूपमा बसोबास गरिरहेका विदेशी नागरिकहरूको लागि स्थायी बसोबास अनुमति (Permanent Residency – PR) प्राप्त गर्नको लागि भिसा प्रक्रिया गर्नेहरुको संख्या बढिरहेको छ । जापानको आप्रवासन सेवा एजेन्सी (Immigration Services Agency) का अनुसार, इच्छुक आवेदकहरूले तोकिएका मापदण्ड र आवश्यक कागजातहरू पूरा गरी PR का लागि निवेदन दिन सक्ने छन् । स्थायी बसोबासको अनुमति प्राप्त गरेपछि विदेशी नागरिकहरूलाई जापानमा बसोबास गर्न, काम गर्न र व्यवसाय सञ्चालन गर्न पूर्ण रुपमा स्वतन्त्रता प्राप्त हुनेछ ।

स्थायी बसोबास (PR) भनेको के हो ?
स्थायी बसोबास अनुमति (Permanent Residency – PR) भनेको जापान सरकारले विदेशी नागरिकहरूलाई प्रदान गर्ने एक विशेष प्रकारको रेसिडेन्स स्टाटस हो, जसले PR प्राप्त गरी लामो समय जापानमा बस्न, काम गर्न, व्यवसाय सञ्चालन गर्न र सामाजिक सेवा उपयोग गर्न अनुमति दिन्छ । यो अनुमति प्राप्त गरेपछि बारम्बार भिसा नविकरण गर्नु नपर्ने सुविधा हुन्छ । यो एक प्रकारको विशेष रेसिडेन्स स्टाटस हो जसले भविष्यमा भिसा नविकरणको झन्झटबाट मुक्ति दिन्छ । साथै, आवेदकले अन्य विदेशी नागरिकहरू भन्दा धेरै सुविधा पाउँछन्  ।

PR आवेदनको लागि मुख्य योग्यता (Eligibility Criteria):
1. जापानमा बसोबास अवधि

   – सामान्यतया जापानमा कानुनी रूपमा निरन्तर 10 वर्ष बसोबास गरेको हुनु पर्छ ।
   – यदि तपाईं PR holder का spouse वा जापानी नागरिकका spouse वा Highly Skilled Professional (HSP) हुनुहुन्छ भने यो अवधि १–५ वर्षमा घट्न सक्छ ।

2. स्थिर आय र कर भुक्तानी

   – नियमित आय स्रोत हुनु अनिवार्य छ ।
   – पछिल्ला ३–५ वर्षको आयकर (住民税,所得税) सही रूपमा तिरेको प्रमाण हुनु पर्ने छ  ।

3. राम्रो व्यवहार (Good Conduct)
   – जापानी कानूनको पालना गरेको र कुनै आपराधिक रेकर्ड नभएको पुष्टि हुनु पर्छ  ।

4. स्वतन्त्र जीवनयापन गर्न सक्ने क्षमता

   – जापान सरकारको सहायताविना जीवनयापन गर्न सक्ने प्रमाण हुनु आवश्यक छ ।

आवश्यक कागजातहरूको सूची:

कागजातविवरण
PR आवेदन फारामआप्रवासन कार्यालयबाट प्राप्त हुने फारम
पासपोर्ट र रेसिडेन्ट कार्डवैध अवधीसहितको
आय प्रमाणपत्र (収入証明書)कम्पनी वा कर कार्यालयबाट
कर तिरेको प्रमाणपत्र (納税証明書)पछिल्ला ३–५ वर्षको
बैंक स्टेटमेन्टआर्थिक स्थायित्व देखाउने
जुमिनह्यो (住民票)आवेदक र परिवार सदस्यहरूको विवरण
स्पष्टीकरण पत्र (理由書)आवेदनको उद्देश्य स्पष्ट पार्ने पत्र
विवाह दर्ता प्रमाण पत्र  (यदि spouse category मा आवेदन)वैधानिक वैवाहिक प्रमाणपत्र
रोजगारीको प्रमाण पत्रकाम गर्ने कम्पनीबाट

आवेदन प्रक्रिया:
1. कागजातहरू संकलन गर्नुहोस् ।
2. नजिकको Regional Immigration Office मा निवेदन पेश गर्नुहोस् ।
3. प्रक्रिया समय – सामान्यतया 1 वर्ष देखि १५/१६ महिना लाग्न सक्छ ।
4. स्वीकृति भएमा नयाँ Residence Card मा “永住者” को उल्लेख सहित PR प्राप्त हुन्छ ।

विशेष सल्लाह:
– Highly Skilled Professional (HSP) को आधारमा PR आवेदन गर्ने हो भने Point Calculation Sheet तयार गर्नु आवश्यक हुन्छ ।
– Japanese Spouse को आधारमा आवेदन गर्दा विवाह सम्बन्ध प्रमाणित गर्ने अतिरिक्त कागजातहरू माग्न सक्छन् ।

PR सम्बन्धी विस्तृत जानकारी जापानको आप्रवासन विभागको वेबसाइटमा उपलब्ध छ:
👉 https://www.moj.go.jp/isa/

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?