ओसाकामा प्रहरी अधिकारीमाथि छुरा प्रहार

जापानको ओसाकामा प्रहरी अधिकारीमाथि नै छुरा प्रहार भएको छ ।

३ अगस्टको साँझ ६ः४५ बजे फ्युज प्रहरी चौकीका ३२ वर्षीय प्रहरी प्रमुखमाथि हिरानो वडाको कामिकितामा सडकमा धारिलो हतियार प्रहार भएको हो ।

प्रहरीका अनुसार स्क्रु ड्राइभर, चक्कजस्ता वस्तुले कानमा प्रहार गरेर आक्रमणकारी फरार भएका थिए ।

सोधपुछका क्रममा ती व्यक्तिले प्रहरीमाथि आक्रमण गरेका थिए ।

आक्रमणमा परेका प्रहरी अधिकारीलाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ । उनको अवस्था खतरामुक्त रहेको छ । हत्या प्रयास गर्ने आक्रमणकारीको खोजी प्रहरीले तीव्र पारेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?