थाइल्याण्डस्थित दूताबासले भन्यो– पर्यटक भिसामा ल्याएर गैरकानुनी काममा लगाउने र बन्धक बनाएको पाइयो

थाइल्याण्डस्थित नेपाली राजदूतावासले पर्यटक भिसामा ल्याएर नेपालीहरुलाई गैरकानुनी कार्यमा लगाउने र बन्धक बनाउने गरेको पाइएको भन्दै सावधानी अपनाउन आग्रह गरेको छ ।

दूतावासले एक विज्ञप्ति जारी गर्दै नेपालीहरुलाई आकर्षक तलब सुविधा उपलब्ध गराउने भनी सामाजिक सञ्जालमा प्रचारप्रसार गरी विभिन्न कम्पनी, क्यासिनो तथा डिजिटल मार्केटिङका क्षेत्रमा काम लगाउने प्रलोभनमा पारी थाल्याइण्ड हुँदै म्यानमार, कम्बोडिया र लाओसमा नेपालीहरुलाई लैजाने गरेको पाइएको जनाएको छ ।

वैदेशिक रोजगारीको प्रलोभन देखाई नेपालीहरुलाई पर्यटक भिसामा थाल्याण्डमा लगेर कामदार भिसा उपलब्ध गराउने तथा अन्य मुलुकमा रोजगार उपलब्ध गराउने बहानामा नेपालीलाई फसाउने गरेको पाइएको हो ।

दूतावासले म्यानमार, कम्बोडिया र लाओसमा पर्यटक भिसामा आउनेहरुले कुनै पनि बाहानामा काम गर्न नपाउने र यी मुलुकहरुमा नेपालीलाई वैदेशिक रोजगार समेत खुला नभएको स्मरण गराएको छ ।

नेपाली दूतावासले यी मुलुकहरुमा रोजगारीमा लगाइदिने वा अन्य रोजगार उपलब्ध गराउने बाहानामा वा प्रलोभनमा पारी नेपालीहरुलाई ल्याउने कनै कार्य गर्नु/गराउनु कानुन बमोजिम दण्डनीय हुने भएकाले सचेत रहन सबैलाई अनुरोध गरेको छ ।

दूतावासले भनेको छ–‘नेपाली नागरिकहरुले रोजगारीका लागि पर्यटक मिसामा यात्रा नगर्न र कसैले विभिन्न बाहानामा रोजगारको अवसर उपलब्ध गराउने भनी दिएको आश्वासनमा भर नपरी सम्बन्धित राजदूतावास तथा सरकारी निकायहरुबाट तत् सम्बन्धमा पूर्व जानकारी लिनु हुन समेत सम्बन्धित सबैमा अनुरोध गरिन्छ ।’

犀利士 >

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?