
नेपाल–भारत सीमा क्षेत्रस्थित धनुषाको मुखियापट्टि मुसहरनिया गाउँपालिका–२ मा एक महिलाको गोली हानी हत्या भएको छ ।
मोटरसाइकलमा सवार दुईजना अज्ञात व्यक्तिले अन्दाजी ३५ वर्षीया महिलाको गएराति ८ : २० बजे गोली हानेका हुन् ।
सो समूह दुई राउन्ड गोली प्रहार गरी भारततर्फ नै भागेको स्थानीयबासीलाई उद्धृत गर्दै धनुषा प्रहरीले जनाएको छ ।
गाेली लागेर मृत्यु भएकी महिलाको पहिचान खुलेको छैन । दशगजा पारी गोली हानिएकी ती महिला नेपाली हुन् वा भारतीय हुन् भन्ने पनि नखुलेको धनुषा प्रहरीले जनाएको छ ।
威而鋼घटना दशगजा पारी भए पनि सीमा क्षेत्रमा रहेका कारण धनुषाका प्रहरी उपरीक्षक विश्वराज खड्कासहितको टोली घटनास्थल पुगेको थियो ।
भारतीय भूमिमा घटना भएकाले भारतीय प्रहरीले शव पोस्टमार्टमका लागि लगेको छ । नेपाल प्रहरी र भारतीय प्रहरीले समन्वय गरी घटनाको अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिएको छ ।







