
गैर आवासीय नेपाली संघ (एनआरएनए) जापानको यही ३० जुलाईमा हुने निर्वाचनको नियमावली सार्वजनिक भएको छ ।
एनआरएनए निर्वाचन समितिले नियमावली जारी गरेको हो । नियमावलीमा निर्वाचन प्रक्रिया, मतदाता नामावली, एनआरएनए जापानको राष्ट्रिय समन्वय परिषद् र आईसीसी सदस्यको निर्वाचनसहितका व्यवस्थाहरु उल्लेख गरिएको छ ।
नियमावलीअनुसार अध्यक्ष १, उपाध्यक्ष एक जना महिलासहित ६ जना, महासचिव १, सचिव १ जना महिलासहित ४ जना, कोषाध्यक्ष १ जना, सह–कोषाध्यक्ष २ जना, युवा संयोजक १ जना, महिला संयोजक १ जना, सदस्यहरु ९ जना र अन्तर्राष्ट्रिय समन्वय परिषद सदस्य ६ जनाका लागि निर्वाचन हुनेछ ।
नियमावलीमा उम्मेदवार बन्नका लाग सर्त र योग्यता समेत निर्धारण गरिएको छ ।







