टोकियोमा रेलको ठक्करबाट दुई साइकलयात्रीको मृत्यु

जापानको राजधानी टोकियोको सेतागाया कुमा रहेको केइओ लाइनको रेलमार्ग क्रसिङमा रेलको ठक्करबाट साइकलमा सवार दुई जनाको मृत्यु भएको छ ।

उनीहरु आइतबार दिउँसो गेट डाउन हुँदै रेल क्रसिङमा प्रवेश गरेको अनुमान गरिएको छ ।

महानगरीय प्रहरी विभागले १६ तारिख दिउँसो साढे ४ बजे टोकियोको सेतागाया कुको मात्सुबारास्थित केइओ लाइन क्रसिङमा साइकलमा सवार २० वर्षीय दुई जना रेलसँग ठोक्किन पुगेका थिए ।

उनीहरुको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । घटनास्थल दैतावासी नम्बर ७ रेलमार्ग क्रसिङ दैताबासी स्टेशन र केइओ लाइनको मेदाइमे स्टेशनबीचमा पर्छ ।

प्रहरीले घटनामा दुई जनाको सनाखत भएको पुष्टि गर्दै घटनाबारे थप अनुसन्धान सुरु गरेको जनाएको छ ।

दुर्घटनाका कारण सिन्जुकु स्टेशन र साकुराजोसुई स्टेशनबीचको खण्ड करिब १ घण्टा बन्द हुँदा हजारौं यात्रु प्रभावित भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?