जापान र नाटोबीच सम्झौतामा हस्ताक्षर

जापान र उत्तर एटलान्टिक सन्धि संगठन (नाटो) बीच रुस र चीनका तर्फबाट犀利士 उत्पन्न सुरक्षा चुनौतीको संयुक्त रुपमा सामना गर्नका लागि नयाँ सहयोग सम्झौता भएको छ ।

जापानका प्रधानमन्त्री फुमियो किशिदा र नाटोका महासचिव जोन स्टोलटेनबर्गले बुधबार लिथुवानियाको विल्नियसमा प्रत्येक राष्ट्रको आवश्यकता अनुकूल साझेदारी कार्यक्रम आईटीपीपी कार्यक्रम घोषणा गरेका हुन् ।

यो दस्तावेजमा आगामी चार वर्षका लागि सहयोग क्षेत्रको रुपरेखा प्रस्तुत गरिएको छ ।

यसमा साझा सुरक्षा चुनौतीको सामना गर्नका लागि सामूहिक प्रयास बलियो बनाउन आव्हान गरिएको छ । हिन्द प्रशान्त क्षेत्रको अवस्थाले युरोपलाई समेत प्रभावित पार्छ ।

यो दस्तावेजमा १६ क्षेत्रमा ध्यान केन्द्रित गरिएको छ । जसमा साइबर सुरक्षा, दुष्प्रचार, अन्तरिक्ष सुरक्षासहित प्रोद्योगिकी तथा परमाणु निरस्त्रीकरण तथा अप्रसार समेत सामेल छन् ।

अन्तरिक्ष सुरक्षामा सहयोगका लागि नाटो–सम्बद्ध निकायद्वारा आयोजित प्रशिक्षण कार्यक्रममा आफ्ना प्रतिनिधिहरु पठाउन जापान सहमत भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?