
जापानको ओसाकास्थित इकेदा सहरमा नेपाली रेस्टुरेन्ट चलाउँदै आएका एक नेपाली मृत भेटिएका छन् ।
नेपालको बागलुङ बिहसका पूर्णबहादुर क्षेत्री आफ्नै रेस्टुरेन्टमा मृत भेटिएका हुन् । क्षेत्रीसँगै अर्की एक महिला पनि अर्धचेत अवस्थामा भेटिएकी छन् । उनको उपचार भइरहेको छ ।
घटना कसरी घट्यो भन्ने खुल्न सकेको छैन । प्रहरीले घटनाबारे अनुसन्धान सुरु गरेको छ ।
बुधबार बिहान करिब साढे ८ बजे प्रहरीले खबर पाएपछि रेस्टुरेन्टभित्र छिर्दा रेस्टुरेन्टका मालिक क्षेत्री र अन्दाजी ४० वर्षीया एक महिला लडिरहेको अवस्थामा फेला परेका थिए ।
क्षेत्री मंगलबार घरबाट निस्किएपछि सम्पर्कबिहीन भएको भन्दै प्रहरीलाई परिवारले खबर गरृका थिए ।
मृतक क्षेत्री र अचेत भेटिएकी महिलामा कुनै बाहिरी चोटपटक देखिएको छैन भने बाहिरबाट कुनै आक्रमण वा तोडफोड पनि नभएको पाइएकाले निस्सारिएर घटना घटेको हुनसक्ने प्रहरीको अनुमान छ ।







