मनाङ एयरको हेलिकप्टर दुर्घटनामा ६ जनाको मृत्यु

सोलुखुम्बुमा मनाङ एयरको हेलिकप्टर दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ ।

दुर्घटनामा परी मृत्यु भएका ६ जनाकै शव भेटिएको त्रिभुवन विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले जनाएका छन् ।

दुर्घटनास्थलको मौसम प्रतिकूल भएका कारण नजिकै भकान्जे भन्ने स्थानमा उद्धारका लागि पुगेका दुई वटा हेलिकप्टर अवतरण गरेका छन् । शवहरु संकलन गरी काठमाडौं ल्याउने तयारी भइरहेको जनाइएको छ ।

मनाङ एयरको ९एन–एएमभी हेलिकप्टरमा पाइलटस樂威壯 हित ६ जना सवार थिए । हेलिकप्टर पाइलट सीबी गुरुङले उडाएका थिए ।

उनी ४ वर्षअघि सोलुखुम्बुमै हेलिकोप्टर दुर्घटनामा बाँच्न सफल भएका थिए । तर यसपटक भने सोलुमै भएको दुर्घटनामा उनको मृत्यु भएको छ । दुर्घटनाको कारण भने हालसम्म खुलेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?