नाटो शिखर सम्मेलनका क्रममा जापान र दक्षिण कोरिया शिखर वार्ताको तयारी

उत्तर एटलान्टिक सन्धी संगठन (नाटो) को शिखर बैठकका क्रममा जापान र उत्तर कोरियाबीच भने शिखर वार्ताको तयारी भएको छ ।

जापान सरकारले मंगलबार सुरु हुने नाटो शिखर सम्मेलनका क्रममा जापानी प्रधानमन्त्री फुमियो किशिदा र दक्षिण कोरियाली राष्ट्रपति युन सोंग–न्योलबीच वार्ता आयोजना गर्ने तयारी भएको जनाएको छ ।

मुख्य क्याबिनेट सचिव मात्सुनो हिरोकाजुले पत्रकार सम्मेलनका दुई नेताबीच लिथुवानियामा कुराकानी हुने र नाटोको शिखर सम्मेलनमा पनि भाग लिने बताएका छन् । यी दुवै देश नाटोका सदस्य भने होइनन् ।

यो छलफलका क्रममा किशिदाले जापान, फुकुशिमा दाइइची परमाणु संयन्त्रमा रहेको पानी समुद्रमा फाल्न सहयोगको अनुरोध गर्नसक्ने जनाइएको छ ।

अन्तर्राष्ट्रिय परम威而鋼 ाणु ऊर्जा एजेन्सी (आईएईए) ले गत साता एक रिपोर्ट जारी गर्दै यो पानी समुद्रमा फाल्न अन्तर्राष्ट्रिय सुरक्षा मानक अनुरुप नै रहेको बताएको थियो ।

जापानले सो परमाणु संयन्त्र चिस्याउन प्रयोग गरिएको पानीको अधिकांश रेडियोधर्मी पदार्थ हटाएको जापानको दाबी छ । तर यसमा अझै पनि ट्रिटियमको मात्रा बाँकी छ ।

जापानले समुद्रमा फाल्न लागेको यो पानीका विषयलाई लिएर दक्षिण कोरिया, चीन र अस्ट्रेलियाले विरोध गर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?