
गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानका वरिष्ठ उपाध्यक्ष नविन निउरेले सन् २०२३–२५樂威壯 कार्यकालका लागि अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् ।
निउरेले नेवाः डाइनिङ रेस्टुरेन्ट ओकुबोमा पत्रकार सम्मेलन गरी आगामी कार्यकालमा आफूले गर्ने कामको प्रतिबद्धतापत्रसहित अध्यक्षमा उम्मेदवारी घोषणा गरेका हुन् ।
संस्थागत विकास र जवाफदेही नेतृत्वको संकल्प र प्रतिबद्धतासहित यसपटक एनआरएनए जापानको अध्यक्षका लागि उम्मेदवार बनेको भन्दै उनले आफूलाई मत दिएर विजयी गराउन आग्रह गरे ।
‘गैर आवासीय नेपालीका साझा चासो र सरोकारमा ठोस योजनासहित कार्यान्वयन गराउने तागत भएको व्यक्तिले मात्र गैरआवासीय नेपाली संघ जापानलाई थप उचाइ दिन सक्ने भन्दै उनले गफ होइन काम, त्याग, समर्पण र साथ–सहयोगले मात्र समाजको सुखदुःखको सच्चा सारथी बन्न सकिने विश्वासका साथ आफू उम्मेदवार बनेको उनले बताए ।
उनले एनआरएनएको अभियानमा सक्रिय भएसँगै समाजिक सेवा, माववीय सेवाका साथमा संघको संस्थागत विकासमा महत्वपूर्ण योगदान गरिरहेको तथा जापानमा रहेका नेपालीहरुलाई हरेक सुखदुःखमा साथ दिँदै आएको स्मरण समेत गर्दै आगामी दिनमा विगतमा जस्तै आफ्नै परिवारको सदस्यजस्तै माया प्राप्त हुने विश्वास व्यक्त गरेका छन् ।

‘कोरोना माहामारीको समयमा नेपालीहरुलाई परेको असहज अवस्थामा अस्पतालका लागि भाषागत समस्या परेका नेपालीहरुलाई सहयोग, साझेदारीमा व्यवसाय गरेका नेपालीहरुमा कोरोना महामारीमा व्यावसायिक सहजताका लागि जापान सरकारबाट प्राप्त राहत बाँडफाँडमा आएका विवादको समाधान, वर्षौदेखि घाटामा गैरहेको नेपाल फेस्टिबललाई मेरो संयोजकत्वमा रहेको आर्थिक समितिले पहिलो पटक नाफामा लगेको, दूतावासद्वारा सञ्चालित घुम्ती सेवाको अवधारणा ल्याई सोका लागि प्रभावकारी बनाउन भौतिक उपस्थितिसहित समन्वयकारी भूमिका निर्वाह गरिएको, नेपाली समुदायमा सञ्चालित हरेक कार्यक्रममा आवश्यक आर्थिक, भौतिक तथा नैतिक सक्दो सहयोग गरिएको छ । विद्यार्थी भिषामा जापान आएका विद्यार्थीहरुको भाषा अध्ययन पश्चातको विद्यालय र त्यसपछिको कम्पनीमा काम खोजिदिन निरन्तर सहयोग गरिएको छ,’ उनको प्रतिबद्धता पत्रमा भनिएको छ ।
गैर आवासीय नेपाली संघ जापानको हरेक २ वर्षमा हुने अधिवेशन आगामी जुलाई २९ मा जापानमा हुदैछ । एनआरएनए जापानको बृहत्तर सुधारका लागि निर्वाचन संस्थामा दोस्रो पुस्ता, महिला र युवाको संलग्नता, विद्यार्थी केन्द्रित कार्यक्रम, अग्रजको सम्मान, पेशागत एवं व्यावसायिक विकासमा समन्वय, नेपाली संस्कृतिको जगेर्ना र समावेशिता जस्ता विषयमा एनआरएनए जापानमा मुख्य सुधार गर्न सक्ने प्रस्तावित कार्यक्रमको बारेमा स्पष्ट योजनासहित आगामी निर्वाचनमा आफू अध्यक्षमा उम्मेदवार बनेको उनले बताए ।

यसैगरी संस्थालाई राजनीतिक विचारको प्रत्यक्ष प्रभावबाट मुक्त गर्ने उनको प्रतिबद्धता छ । निउरेसँग २०११–२०१३ मा एनआरएनए कान्तोको सदस्य, २०१३–२०१५ मा एनआरएनए कान्तोको कोषाध्यक्ष, २०१५–२०१७ मा कान्तोकै सचिव, २०१७–२०१९ एनआरएनए कान्तोको संयोजक, २०१९–२०२१ एनआरएनए जापानको वरिष्ठ उपाध्यक्ष बनेर काम गरेको अनुभव छ ।
नविन निउरेले पत्रकार सम्मेलनमा सम्बोधन गरेको प्रतिबद्धतापत्रको पूर्ण पाठ :







