
जापानको राजधानी टोकियोमा हालसम्मकै अग्लो मानिएको गगनचुम्बी भवनको निर्माण सम्पन्न भएको छ ।
टोकियोको मिनाटो वार्डमा ३३० मिटर अग्लो भवन मोरी बिल्डिङ कम्पनीले निर्माण गरेको हो ।
जमिनमाथि ६४ तला र जमिनमुनि पाँच तला रहेको ‘अजाबुदाई हिल्स’ को माथिल्लो तलाको आवासमा स्पा र विलासी होटल सञ्चालक अमन रिसोर्ट्सले प्रदान गर्ने सेवाहरू छन् ।
यसअघि ओसाकामा रहेको जापानकै अग्लो भवन अबेनो हारुकासको उचाइ ३०० मिटर थियो ।
टोकियो स्टेशन नजिकै मित्सुबिशी इस्टेट कम्पनीले ३९० मिटर अग्लो भवन निर्माण गरिरहेको छ ।







