ठूला जापानी कम्पनीको कारोबारमा सुधार

必利勁 content/uploads/2023/06/image-57.png” alt=”” class=”wp-image-196538″ width=”841″ height=”473″/>

जापानका प्रमुख निर्माण कम्पनीहरुको कारोबारमा सुधार आएको देखिएको छ । बैंक अफ जापान (बीओजे) ले गरेको सर्वेक्षणका क्रममा ७ त्रैमासिकपछि सुधार आएको देखिएको हो ।

बीओजेले मेको अन्त्यदेखि जुनको अन्त्यसम्म ९ हजारभन्दा बढी कम्पनीको सर्वेक्षण गरेको थियो । सर्वेक्षणमा ठूला विनिर्माता कम्पनीको कारोबारी रुझानमा प्लस ५ अंक देखिएको छ । जुन गत मार्च महिनाको सर्वेक्षणभन्दा ४ अंकको वृद्धि हो ।

धनात्मक संख्याले व्यावसायिक परिस्थितिप्रति आशावादी कम्पनीको संख्या ऋणात्मक दृष्टिकोण राख्ने कम्पनीभन्दा बढी भएको दर्शाउँछ ।

रुझानमा सुधारको मुख्य कारक मोटर गाडी उत्पादन र बिक्री वितरणमा आएको सुधारलाई मानिएको छ ।

कम्पनीहरुले कच्चा पदार्थको उच्च लागत आफ्नो उत्पादन ग्राहकलाई बढी मूल्यमा बेचेर उठाएका छन् ।

यसैबीच गैर–विनिर्माता कम्पनीको कारोबार रुझान झनै राम्रो देखिएको छ । यो क्षेत्रमा थप ३ अंकले वृद्धि भएर २३ अंकमा पुगेको छ ।

जुन लगातार ५ त्रैमासिकमा भएको सुधार हो । यो कोरोना भाइरसको महामारी सुरु हुनुभन्दा अघि जुन २०१९ पछिको सर्वाधिक सुधार हो ।

विदेशी पर्यटकको संख्यामा वृद्धि तथा होटल र रेस्टुरेन्ट व्यापारमा आएको सुधारले गैरविनिर्माण क्षेत्रमा ठूलो सुधार ल्याउन मद्दत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?