रोकाया सुदूरपश्चिमेली समाज जापानको अध्यक्षमा निर्वाचित

सुदूरपश्चिमेली समाज जापानको अध्यक्षमा विकासकुमार रोकाया सर्वसम्मत निर्वाचित भएका छन् ।

टोकियोमा सम्पन्न भएको सातौं अधिवेशनमार्फत रोकाया अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका हुन् ।

अधिवेशनले रोकायाको अध्यक्षतामा ९ सदस्यीय कार्यसमितिको गठन गरेको छ ।

नवगठित कार्यसमितिको उपाध्यक्षमा ईश्वर खड्का, महासचिवमा दिनेश अधिकारी र कोषाध्यक्षमा सुमित रोकाय सर्वसम्मत निर्वाचित भएका छन् ।

समितिको सदस्यहरूमा प्रमिला बोहरा, दिनेश बम, देवराज रेग्मी र जगतप्रसाद जोशीलाई चयन गरिएको छ ।

समाजका निवर्तमान अध्यक्ष पदमसिङ ठगुन्नाले सुदूरपश्चिमेली समाजले जापानमा क्रियाशील अन्य नेपाली संघसंस्थासँग मिलेर सामाजिक अभियानमा अगाडि बढ्नुपर्ने बताए ।

कार्यक्रममा समाजका पूर्वअध्यक्ष पूर्ण चलाउने, एकेन्द्र थापाका साथै समाजका सल्लाहकार दिनेश रतला जोशी, योगेन्द्र बोहरालगायतले समेत आ-आफ्नो धारणा राखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?