पर्वतारोहीका लागि खुल्यो जापानको फुजी हिमाल

मध्यवर्ती जापानको यामानाशी प्रिफेक्टरमा फुजी हिमाल आरोहणको मौसम सुरु भएको छ । जापानको सबैभन्दा अग्लो हिमाल आरोहणका लागि खुला गरिएको हो ।

फुजी प्रवेश गर्ने स्थानदेखि पाँचौं स्टेशनसम्मको मार्ग खुला भएपछि पर्वतारोहीलाई लिएर जाने सवारीहरुको लाम लागेको थियो । मार्ग खुला भएको अवसरमा स्टेशनमा रहेको शिन्तो श्राइनमा विशेष अनुुष्ठान आयोजना गरिएको थियो ।

आफ्ना १० वर्षीय छोरासहित टोकियोबाट आएका एक व्यक्तिले पर्वतारोहको मौसम सुरु भएको पहिलो दिन नै फुजी चढ्ने विकल्प चयन गरेको बताएका छन् । उनले बिचमा रोकिने र शिखरमा सूर्योदय हेर्न पुग्ने बताएका छन् ।

रोकिदै रोकिदै वर्षा पनि भइरहेको थियो । तर मौसम सफा भएपछि पर्वतारोहीले फुजीको प्रवेश क्षेत्र नजि犀利士 कै रहेको क्षेत्र र यामानाका ताल हेरेर आनन्द लिन पाए ।

जापानको दक्षिण–पश्चिम प्रिफेक्चर ओकिनावाबाट आएका ५० वर्षीय पर्वतारोहीले आफू पहिलो पटक फुजी आएको बताए । उनले आफू फुजीको अलौकिक दृश्यले मन्त्रमुग्ध भएको प्रतिक्रिया दिएका छन् ।

फुजी हिमाल शिजुओका र यामानाशी प्रिफेक्चरको बिचमा फैलिएको छ । शिजुओकाबाट फुजी जाने मार्ग १० जुलाईबाट खुल्नेछ ।

यामानाशी प्रिफेक्चरमा ग्रीष्मकालीन पर्वतारोहण मौसम १० सेप्टेम्बरसम्म जारी रहनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?