टोकियोमा नेपाली युवती मृत भेटिइन्

जापानमा अध्ययनका लागि आएर केही महिनादेखि काम गरिरहेकी नेपाली युवती कविता राजवंशी मृत भेटिएकी छन् ।

उनी आफ्नै कोठामा मृत भेटिएकी हुन् । कविता चार वर्षअघि भाषा विद्यार्थीका रुपमा जापान आएकी थिइन् ।

मोरङको बेलबारी नगरपालिका–९ डाँगीहाट स्थायी घर भएकी कविता हानेदा इन्टरनेशनल विमानस्थल टर्मिनलमा कार्यरत थिइन् ।

जुन २८ देखि बेपत्ता भएकी कवितालाई ४ दिनपछि टोकियो ओमोरीमा रहेको उनको कोठामा झुण्डिएको अवस्थामा मृत भेटिएकी हुन् ।

२७ तारिखमा कामबाट फर्किएपछि २८ तारिखमा सँगै काम गर्ने साथीसँग सामान्य कुराकानीपछि उनी सम्पर्कबिहीन भएकी थिइन् ।

तीन दिनसम्म सम्पर्कम नआएपछि कम्पनी र उनका साथीहरुले खोजी गर्दै प्रहरीमा खबर गरेपछि उनको कोठाको झ्याल फुटाएर भित्र पस्दा झुण्डिएको अवस्थामा भेटिएकी हुन् ।

उनले बेलाबेला काममा तनाव भएको बताउने गरेको उनका साथीहरुले बताएका छन् । प्रहरीले उनको शव पोस्टमार्टमका लागि अस्पताल पठाएको छ । पोस्टमार्टमको रिपोर्टपछि मात्रै मृत्युको कारण पत्ता लाग्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?