हिरोशिमा स्मारक उद्यान र पर्ल हार्बरबीच सहयोग सम्झौता

दोस्रो विश्वयुद्धका ऐतिहासिक स्थानहरु हिरोसिमा शान्ति स्मारक उद्यान र अमेरिकाको हवाई राज्यस्थित पर्ल हार्बर राष्ट्रिय स्मारकबीच परमाणु बम पीडितको विरोधका बावजुद आपसी सहयोग सम्झौता भएको छ ।

टोकियोस्थित अमेरिकी दूतावासमा हस्ताक्षर समारोह आयोजना गरिएको थियो । हिरोसिमा सहरका मेयर मात्सुई काजुमी र जापानका लागि अमेरिकी राजदूत राम इमानुएलले सहयोगी उद्यान सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

दुवै उद्यानले यो सम्झौताका आधारमा युवाका लागि शान्ति कार्यक्रम आयोजना गर्दै आगन्तुकको संख्या बढाउने तरिकाबारे आफ्ना धाराणा र विशेषज्ञता साझा गर्नेछन् ।

केही संगठनका समूहले हिरोसिमा सहरसँग यो सहयोग सम्झौता योजना रद्द गर्न माग गरेका थिए । यी संगठनमा अणु बम पीडित र उनीहरुका सन्तान छन् ।

समूहले यो सम्झौताको लक्ष्य अस्पष्ट रहेको र यसको निर्णय नागरिक तथा अणु बम प्रहारपछि बाँचेकाहरुसँगको छलफल बिना नै गरिएकोमा आश्चर्य प्रकट गरेका छन् ।

मेयर मात्सुईले पत्रकार सम्मेलनमा सम्झौता शान्तिमा योगदानका लागि अन्तर्राष्ट्रिय समुदायको रचनाको दिशामा ठूलो कदम हुने बताए । अमेरिकी राजदूतले सम्झौताको उद्देश्य मेलमिलाप भएको बताए ।

उनले आफूले दुवै देशका जनताको आक्रोश र पीडा अनुभव गरेको तर सबैले भविष्य देख्नु威而鋼 पर्ने र अतीतको बन्धनमा बाँधिन नहुनेमा जोड दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?