जापानमा अवैध रुपमा बसेकालाई काम दिएको आरोपमा ४ जना पक्राउ

樂威壯 />

जापानमा अवैध रुपमा बसिरहेका व्यक्तिलाई काममा लगाएको आरोपमा चार जना पक्राउ परेका छन् ।

प्रहरीले भियतनामका एक पूर्वविद्यार्थीका लागि कारखानामा अवैध रुपमा कामको व्यवस्था गरेको आरोपमा उनीहरुलाई पक्राउ गरेको हो । यी विद्यार्थी भिसा अवधि सकिएर पनि जापानमा बसिरहेका थिए ।

चिवा प्रिफेक्चरको एक रोजगार एजेन्सीका अधिकारी र उनका पतिलाई पक्राउ गरिएको हो । उनीहरुले ती भियतनामीलाई मिष्ठान्न कारखानामा काम खोजिदिएका थिए ।

उनी २०२० देखि हालसम्म कार्यरत थिए । प्रहरीले उनीहरुको जापानमा भिसा अवधिलाई ख्याल नगरी जागिरमा पठाएको जनाएको छ । ती दम्पत्तिले सञ्चालन गरेको कम्पनीले मुख्य रुपमा भियतनामीलाई रोजगारीका लागि पठाउने गरेका थियो ।

महिलाले आरोप स्वीकार गर्दै उनको बढ्दो मागका कारण जापानमा बसिरहेका बेला काममा लगाइदिएको बताएकी छन् भने पुरुषले भने ती भियतनामीको नाम आफूलाई जानकारी नभएको बताएका छन् ।

कम्पनीले गत वर्ष करिब ७५ करोड येन अर्थात ५१ लाख डलर कमाएको थियो । प्रहरीले यो पैसा जापानमा बसिरहेका अवैध विदेशी नागरिकलाई जागिर खोजिदिएवापत लिएको अनुमान गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?