
जापानमा गत वर्ष सामान्य आर्थिक गतिविधिहरु सुचारु भएसँगै कर राजस्व रेकर्ड स्तरमा पुगेको छ ।
सरकारी स्रोतका अनुसार सन् २०२२ मा कर ७१० खर्ब येन अर्थात करिब ५ खर्ब डलरभन्दा बढी उठेको छ । यो अघिल्लो वर्षको तुलनामा ४० खर्ब येनले बढी तथा लगातार तेस्रो सर्वाधिक रेकर्ड पनि हो ।
उपभोक्ता खर्च र महंगीमा वृद्धि उपभोग करमा वृद्धिका कारक रहे । आम्दानीमा वृद्धिका कारण व्यवसायीले पनि अधिक कर तिरेका छन् ।
गत आर्थिक वर्षमा राजस्व देशको करिब १४०० खरब येन बजेटको करिब ५० प्रतिशत रह्यो ।







