एक वर्षमा कहाँ हराए ८४ हजार ९१० जापानी नागरिक ?

जापानमा बेपत्ता हुने मानिसहरुको संख्या लगातार बढ्दै गएको छ । सुरक्षाका दृष्टिकोषण निकै राम्रो देश मानिने जापानमा पछिल्ला वर्षमा बेपत्ता हुनेको संख्या बढेको हो ।

गत वर्ष सन् २०२२ मा मात्रै ८४ हजार ९१० जना बेपत्ता भएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् । यो संख्या अघिल्लो वर्षको तुलनामा ५ हजार ६९२ ले बढी भएको राष्ट्रिय प्रहरी एजेन्सीले जनाएको छ ।

बेपत्ता हुनेहरूमा सबैभन्दा धेरै २० वर्ष आसपासको उमेरका छन् । बेपत्ता हुनेमध्ये यो उमेर समूहका करिब ४० प्रतिशत छन् ।

जापानमा यस अवधिमा डिमेन्सिया (विस्मृतिग्रस्त) भएका वा यस्तै किसिमका विकार भएको आशंकामा १८ हजार ७०९ जना बेपत्ता भएको प्रतिवेदनमा उल्लेख छ ।

सन् २०१२ मा तुलनात्मक तथ्यांक सार्वजनिक गर्न थालिएदेखि बेपत्ता हुनेको संख्या क्रमशः बढ्दो क्रममा छ । यो संख्या एक दशकमा करिब दोब्बर भएको छ ।

यसरी हराएकामध्ये धेरै व्यक्तिहरू डिमेन्सियाका कारण उद्देश्यविहीन भौंतारिएपछि हराएको उल्लेख गरिएको छ ।

स्थानीय सरकारहरूले डिमेन्सिया भएका वा डिमेन्सिया भएको शंका लागेका मानिसहरूका परिवारका सदस्यहरूलाई जिपिएस यन्त्रहरू बोक्न वा उनीहरुको कपडामा सम्पर्क जानकारीसहित (क्युआर कोड) राख्न आग्रह गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?