महिला विद्यार्थीमाथि अश्लील व्यवहार गरेको आरोपमा नेपाली पक्राउ

जापानको कावासाकी विश्वविद्यालयमा महिला विद्यार्थीमाथि जबर्जस्ती अभद्र व्यवहार गरेको आरोपमा एक नेपाली नागरिक पक्राउ परेका छन् ।

गत २१ जुन तारिखमा नकहारा प्रहरी चौकीले टोकियोको तोशिमा वार्डबाट ४३ वर्षीया पुरुष कर्मचारीलाई पक्राउ गरेको हो ।

उनीलाई महिलामाथि अभद्र व्यवहार गरेको आरोप लागेको छ । योकोहामा सहरमा बस्ने १९ वर्षीया युवतीलाई करिब १० मिनेट नियन्त्रणमा लिएर उनले जबर्जस्ती संवेदनशील अंग छोएको बताइएको छ ।

पक्राउ परेका नेपाली पुरुषले आरोप अस्वीकार गरेका छन् । उनले आफू मातेको र घटनाबारे केही जानकारी नभएको पनि बताएका छन् ।

प्रहरीले उनीहरु दुवै जना परिचित रहेको पनि जनाएको छ । महिलाको उजुरीपछि अनुसन्धान जारी छ । पक्राउ परेका नेपाली तथा आरोप लगाउने महिला बारेमा भने प्रहरीले केही खुलाएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?