जापानको दक्षिणी प्रिफेक्चर ओकिनावामा द्वितीय विश्वयुद्धको एक भीषण लडाईको ७८औं वर्ष पुगको स्मरणमा ठूलो संख्यामा मानिसहरु भेला भएका छन् ।
जापानी सेना र जापानी सेनाबीच भएको भिडन्तमा २ लाख भन्दा बढी मानिसको मृत्यु भएको थियो । ओकिनावा निवासीले यो युद्धमा मारिएका मानिसहरुप्रति श्रद्धान्जली दिएका छन् ।
युद्धको अन्तिम दिनको साक्षी रहेको इतोमान शहरस्थित शान्ति स्मृति उद्यानमा स्मृति सभाको आयोजना गरिएको हो । जसमा सयौं मानिसहरु भेला भएर प्रार्थना गरेका छन् ।
ओकिनावामा २३ जुन, १९४५ मा भएको युद्धलाई अन्तिम युद्ध मानिन्छ । ओकिनावाका गभर्नर तामाकी डेनीले शान्तिप्रति आफ्नो संकल्प व्यक्त गरे ।
उनले भने, ‘हाम्रो अन्तर्आत्माले सधैं मानिसको जीवन संसारको कुनै खजानाभन्दा धेरै मूल्यवान हुन्छ भन्ने मान्दै आएको छ ।
शान्तिको कामनामा हामी सबै एकजुट भएका छौं । युद्धका अनगिन्ती पीडादायक अनुभवको साक्षी बनिरहन र भावी पिढीसम्म यो सन्देश पु¥याउनु हाम्रो कर्तव्य हो ।’







