जापानमा रोजगारी खोज्दै लिङ्गका आधारमा विभेद !

जापानमा रोजगारी खोज्ने क्रममा नै महिलाहरु विभेदमा पर्ने गरेको एक अध्ययनले देखाएको छ ।

जापानको स्थानीय अखबार असाही शिम्बुनका अनुसार हालै गरिएको एक सर्वेक्षणका क्रममा रोजगारी खोज्नेमध्ये करिब ३३ प्रतिशतले लिङ्गका कारण भेदभाव महसुस गरेको देखाएको उल्लेख गरेको छ ।

रेन्जो नामले चिनिने जापानी ट्रेड युनियन कन्फेडेरेसनले तीन वर्षमा १५ देखि २९ वर्ष उमेर समूहका एक हजार पुरूष र महिलालाई समेटेर अनलाइन सर्वेक्षण गरेको हो । जसमा रोजगारी खोज्ने क्रममा विभेद हुने गरेको देखिएको हो ।

सर्वेक्षणमा सहभागी भएकामध्ये ३९.६ प्रतिशत उत्तरदाताले पुरुष वा महिलाका लागि काम गर्ने स्थान तयार पारिएको बताएका थिए भने ३६.९ प्रतिशतले फरक फरक लैंगिक रोजगार कोटा रहेको बताएका थिए ।

यस्तै १९.५ प्रतिशतले कामको खोजीका क्रममा अन्तर्वार्तामा अनुचित टिप्पणीहरू सुनेको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?