आफ्नै कोठामा मृत भेटिएका अमृत बुढाको जापानमै अन्त्येष्टि गरिदै

जापानमा आफ्नै कोठामा मृत भेटिएका अमृत बुढाको जापानमा नै दाहसंस्कार गरिने भएको छ ।

जापानको इबाराकीको चुकुवा सिटी कानामोमा बस्दै आएका ३४ वर्षीय बुढा आफ्नै कोठामा मृत अवस्थामा फेला परेका थिए ।

उनी मे २ देखि काममा पनि नगएपछि कम्पनीले खोजी गर्दा कोठामा मृत फेला परेका थिए ।

सडेगलेको अवस्थामा फेला परेको शब पोस्टमार्टको प्रक्रिया पूरा गरी २२ जुनमा दिउँसो साढे १ बजे अन्त्येष्टि गर्न लागिएको हो ।

एनआरएनए जापानका वरिष्ठ उपाध्यक्ष नविन निउरेले जापानको इबाराकीको चुकुवा सिटी कानामेमा बस्ने विद्यार्थी भिषामा जापान आई गत अप्रिलमा सेम्बुन गाक्को सकाएर केहि महिना अघिबाट मात्र कम्पनीमा काम सुरु गरेको र मे २ देखि कम्पनीको काममा नगएकापछि खोजी गर्ने क्रममा मृत अवस्थामा फेला परेको जानकारी सामाजिक सञ्जाल फेसबुकमार्फत दिएका छन् ।

उनले बुढाको अन्त्येष्टिमा उपस्थितिका लागि समेत अनुरोध गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?