दक्षिण कोरियाली पानीजहाज कम्पनीमा पठाउन नेपाली कामदार छनोट प्रक्रिया सुरु

दक्षिण कोरियामा पानीजहाज निर्माण कम्पनीमा जान चाहने नेपाली कामदारहरुलाई पठाउन अन्तिम छनोट प्रक्रिया सुरु भएको छ ।

नेपालबाट औपचारिक रूपमा पानीजहाज बनाउने कम्पनीहरूमा कामदार पठाउन लागिएको यो नै पहिलो पटक भएको अधिकारीहरुले जनाएका छन् ।

यद्यपि यसअघि उत्पादनमूलक 犀利士 क्षेत्रमा कामका लागि गएका केही नेपाली श्रमिकहरुले कोरिया पुगेपछि पानीजहाज बनाउने कम्पनीहरूमा काम गर्ने अवसर पाइसकेका छन् ।

हालसम्म कोरियाले रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत उत्पादनमूलक र कृषि तथा पशुपालन क्षेत्रमा मात्र कामदार लिइरहेको थियो ।

सन् २०२३ का लागि भने कोरियाले नेपालबाट करिब तीन हजार कामदारलाई पानीजहाज निर्माण क्षेत्रमा काम गर्नका लागि उपयुक्त हुनेगरी सूचीकरण गर्न चाहेको थियो ।

वैदेशिक रोजगार विभाग ईपीएस शाखाका निर्देशक पुष्पराज कटुवालका अनुसार सन् २०२२ मा भाषा परीक्षा पास गरेका र ‘शिपबिल्डिङ’ क्षेत्रमा काम गर्न चाहने नेपाली कामदारको सूची ‘ह्युमन डेभलपमेन्ट सर्भिस (एचआरडी) कोरिया’ लाई पठाइएको छ ।

सो सूचीमा रहेका नेपाली कामदारमध्ये अब एचआरडी कोरियाले एकजना कामदार चाहने रोजगारदाताका लागि तीनजनाका दरले नाम पठाउने उनले बताए ।

त्यसरी पठाइएका कामदारबाट रोजगारदाताले कामदार छनोट गरी उनीहरूका लागि श्रम सम्झौता जारी गर्नेछन् ।

सम्झौतामा कामदारले पाउने पारिश्रमिक र सुविधाबारे पनि उल्लेख हुनेछ । त्यसरी छानिएर आएका कामदारले व्यावसायिक सीप विकास तालिम केन्द्र भैँसेपाटीमा ६ दिने ‘पूर्वप्रस्थान कार्यशाला’ मा सहभागी हुनुपर्नेछ ।

त्यस्तो कार्यशालामा सहभागी भएपछि मात्र उनीहरूका लागि कामदारलाई दिइने भिसा जारी हुने तथा उनीहरू कोरिया जान पाउनेछन् ।

सन् २०२३ मा कोरियाले पानीजहाज बनाउने कम्पनीतर्फ नेपाललगायत ईपीएस प्रणालीबाट कामदार पठाउने ९ वटा देशबाट ५ हजार जना कामदार लिन चाहेको छ ।

यसरी जाने सबै विशेष दक्षता भएका कामदार नभई सामान्य कामदारहरु हुन् । ‘शिपबिल्डिङ’ क्षेत्रमा काम गर्नेको सूचीमा राख्नका लागि कोरियाले यो वर्षका निम्ति तीन हजार जना कामदारको नाम पठाउन अनुरोध गरेको छ ।

त्यसमध्ये यस चरणमा ईपीएस कोरिया शाखाले ‘शिपबिल्डिङ’ तर्फ जान १ हजार २ सय १० जनाका निम्ति सूचना निकालेर आवेदन माग गरेको थियो ।

यसपटक पहिलो पटक भएकाले म्यानुफ्याक्चरिङतर्फको रोस्टरमा भएकामध्ये एक हजार दुई सय १० जनालाई क्षेत्र परिवर्तनका लागि आह्वान गरिएको थियो ।

जसमा ८ सय ९२ जनाले क्षेत्र परिवर्तनका लागि आवेदन दिएका छन् । यद्यपि सबै जना यो क्षेत्रमा कामका लागि छनोट हुने सम्भावना भने हुँदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?