बस र ट्रक ठोक्किदा ५ जनाको मृत्यु, ५ जना घाइते

जापानको होक्काइदोमा बस र ट्रक एक आपसमा ठोक्किएर भएको दुर्घटनामा ५ जनाको मृत्यु भएको छ भने अन्य ५ जना घाइते भएका छन् ।

उत्तरी जापानको होक्काइदोस्थित याकुमो उपत्यकामा राष्ट्रिय राजमार्गमा एउटा यात्रुबाहक सिटी बस र ट्रक ठोक्किएका थिए ।

साप्पोरो सहरबाट हाकोदाते जाँदै गरेको बसमा चालकसहित १६ जना यात्रु रहेका थिए ।

ट्रक भने सुँगुर ओसारपसारमा प्रयोग भएको बताइएको छ । मृत्यु हुनेमा बस र ट्रकका चालकसहित अन्य तीन जना रहेका छन् । मृतक तथा घाइतेहरुको परिचय खुलाइएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?