संवेदनशील डाटा लिक गरेको आशंकामा चिनियाँ अनुसन्धानकर्ता गिरफ्तार

जापानमा एक जना चिनियाँ नागरिक पक्राउ परेका छन् । जापानका संवेदनशील जानकारी चीन पठाएको आरोपमा उनलाई पक्राउ गरिएको बताइएको छ ।

चुएन होन्ताओ नाम गरेका यी व्यक्ति इबाराकी प्रिफेक्चरस्थित राष्ट्रिय उन्नत औद्योगिक विज्ञान एवं. प्रविधि संस्थानमा वरिष्ठ अनुसन्धानकर्ता थिए ।

त्यहाँका उनले एक चिनियाँ कम्पनीलाई फ्लोरिन यौगिक सम्बन्धी डाटा इमेलबाट पठाएर अनुचित प्रतिस्पर्धा अधिनियमको उल्लंघन गरेको आशंका छ । यद्यपि उनले आरोपको खण्डन गरेका छन् ।

चीनको एक हजार प्रतिभा योजनाको उद्देश्य विदेशमा सक्रिय चिनियाँ नागरिकसहित विदेशी अनुसन्धानकर्तालाई भर्ती गरेर देशमा विज्ञान तथा प्रोद्योगिकीलाई मजबुत पार्नु हो ।

तर अमेरिका र पश्चिमा देशले उच्च तलबको बदलामा प्रोद्योगिकी जानकारी लिक हुने गरेको आरोप लगाउने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?