
आफ्नो जीवनमा रीना गोनोईका दुई सपना थिए, पहिलो सपना थियो सैनिक बन्नु र अर्को ओलम्पिकमा जुडो खेलाडीका रुपमा भाग लिनु ।
रीनाले चार वर्षको उमेरमा आफ्नो दाजुको निगरानीमा जुडो सिक्न सुरु गरिन् । जब उनी ११ वर्षकी भइन्, तब पहिलो पटक सैनिकको काम गर्ने तरिका देखिन् ।
जापानमा सन् २०११ मा आएको भूकम्प र सुनामीपछि जब गोनोई र उनको परिवारलाई राहत केन्द्रमा ल्याइयो, तब उनले सैनिक बल सेल्फ डिफेन्स फोर्सेज (एसडीएफ) को काम गर्ने तरिका र जनतालाई गरेको सहयोग देखेकी थिइन् ।
२३ वर्षीया रीना मियागी प्रान्तको हिगाशी मात्सुशिमामा बस्छिन् । यो इलाका भूकम्प र सुनामीले नराम्ररी प्रभावित बनेको थियो ।
कसरी टुट्यो सपना ?
जापानको आर्मी ग्राउण्ड सेल्फ डिफेन्स फोर्समा सामेल भएपछि रीनालाई आफ्ना दुई सपना पूरा हुन्छ भन्ने लागेको थियो । तर यौन उत्पीडनका कारण उनका दुवै सपना ध्वस्त भए । तालिम सकेर युनिटमा सामेल हुनासाथै उनले यौन उत्पीडनको सामना गर्नुपरेको हो ।
उनी भन्छिन्, ‘मेरो छाती दबाइयो । मलाई जबर्जस्ती चुम्बन गरियो । हल जाने बाटोमा मेरा सहकर्मी र सिनियरहरु मेरो शरीरमा ठोक्किन आउथे । त्यसबेला अरु मानिसहरु पनि रमिते बनेर खडा हुन्थे ।’
अगस्त २०२१ मा उनको जीवनमा एक अँध्यारो मोड आयो । पहाडमा एक तालिमका क्रममा रीनालाई तीन जना सहकर्मीले उनलाई टेन्टमा बोलाए । त्यहाँ उनीहरु रक्सी पिइरहेका थिए ।
गोनोईले भनिन्, ‘उनीहरु मार्शल आर्टको एक दाउको कुरा गरिरहेका थिए । जसमा कुसैको मुख बन्द गरेर उसलाई जमिनमा लडाइन्थ्यो । उनीहरुले मलाई यसै गर्न भने । त्यसो गरिरहँदा उनीहरुले मेरो मुख बन्द गरिदिए । मेरो श्वासै जान लागेको थियो ।’
तीनै जना पुरुष सहकर्मीले उनको खुट्टा फैलाए र पालैपालो कम्मरको तल्लो भाग दबाउन सुरु गरे । त्यसबेला करिब १ दर्जन सहकर्मीहरु पनि त्यहाँ थिए ।
गोनोईले भनिन्, ‘तर कसैले उनीहरुलाई रोक्ने कोशिस गरेनन् । बरु कोही हाँसिरहेका थिए ।’

जब यौन शोषणको उजुरी खारेज भयो
उनी भन्छिन्, ‘म निराशाले भरिएँ । मैले आफ्नो शरीर र आत्मामा लागेको दाग लिएर कसरी बाँच्न सक्छु भन्ने सोचेँ ।’
गोनोईले आफ्ना वरिष्ठ सहकर्मीलाई यो घटनाबारे जानकारी दिइन् । तर कसैले पनि यो घटना देखेको बयान दिएनन् र उजुरी खारेज भयो ।
पछि जीएसडीएफ प्रहरी युनिटले तीन पुरुष सैनिकलाई यो घटनाको जिम्मेवार ठहर गर्दै अदालत पठाए । तर यहाँ पनि सबुतको अभावमा मुद्दा खारेज भयो । थाकेर उनले अब सेना छाडेर घर फर्किनुबाहेक कुनै विकल्प नभएको ठानिन् ।
उनी भन्छिन्, ‘म मानसिक र शारीरिक रुपमा पूरै थाकिसकेकी थिएँ । मैले आफ्नो घरको एक कुनामा सीमित गरेकी थिएँ ।’
उनले आफूमाथि भएको व्यवहारबारे सार्वजनिक 威而鋼 रुपमा बोल्ने निर्णय गरेपछि परिवार र आसपासका मानिसहरुले उनको निर्णयको विरोध गरे ।
पुरुष वर्चश्व भउको जापानी समाजमा यौन अपराधको सिकार भएका पीडितका लागि लोकलाजको विषय मानिन्छ । आफूमाथिको यौन शोषणका बारेमा बोल्न सहज थिएन । जो बोल्छ, उनीहरुमाथि हमला हुन्थ्यो ।
हालै भएको एक सर्वेक्षण अनुसार जापानमा यौन हिंसाका ७० प्रतिशतभन्दा बढी घटनाको रिपोर्टिङ नै हुँदैन ।
जब गोनोईले आफूमाथिको घटनाबारे बोल्ने निर्णय गर्दा पनि यति कठिन हुन्छ भन्ने सोचेकी थिइनन् । जब उनले युट्युबमा आफूमाथि भएको घटनाबारे बोलेको भिडियो राखेपछि त्यसले पूरै देश र मिडियाको ध्यान खिच्यो ।
उनले आफ्नो मुद्दाका लागि एक लाख दरखास्त जम्मा पारिन् । यसैका आधारमा उनले रक्षा मन्त्रालयबाट आफूमाथिको घटना जाँच गर्नका लागि माग गरिन् । यसका लागि पनि उनले आलोचना सहनुपर्यो ।
उनले मुद्दाका लागि दरखास्त जम्मा गरिरहेका बेला एक धम्कीपूर्ण इमेल आयो । जसमा अब अघि बढेमा मारिदिने धम्कीपूर्ण भाषा लेखिएको थियो ।
जापानमा यौन शोषणका जुन घटनाले धेरैको ध्यान खिच्यो त्यो सन् २०१९ को थियो । त्यसै वर्ष जापानकी पत्रकार शियोरीले बलात्कारविरुद्धको मुद्दा जितेकी थिइन् ।
यही वर्ष ‘फ्लावर डेमो मुभमेन्ट सुरु भएको थियो । यस आन्दोलनका क्रममा अप्रिल २०१९ देखि हरेक महिनाको ११ तारिखमा यौन हिंसाको सिकार भएकाहरुले आफ्ना समर्थकहरुसहित सार्वजनिक स्थानमा जम्मा भएर विरोध प्रदर्शन गर्दथे ।
उनीहरुले यौन अपराधीलाई गलत तरिकाले छाडेकोमा विरोध गर्दथे । यस क्रममा २०१९ मा चार वटा यौन अपराधीहरुलाई जुन दलीलका आधारमा छाडिएको थियो, त्यसको समीक्षा गरियो । जसमध्ये एक बाबुले आफ्नी १९ वर्षीया छोरीमाथि बलात्कार गरेको आरोप पनि थियो ।
अदालतले ती व्यक्तिले आफ्नी छोरीको सहमति बिना नै यौन सम्बन्ध राखेको बताए पनि आरोपीलाई छाडेको थियो ।
फ्लावर डेमो यौन हिंसामाथिको मौनता तोड्ने प्रतीक बन्यो ।
यसैवर्षको फेब्रुअरीमा जापानले एक विधेयक पारित गरेर सहमतिमा यौन सम्बन्ध राख्ने उमेर १३ वर्षबाट बढाएर १६ वर्ष बनाएको छ भने यौन हिंसामा कडा सजायको पनि व्यवस्था गरेको छ ।

मौजुदा कानुनअनुसार यौन हिंसाको सिकार भएका व्यक्तिले नै यौन सम्बन्धका लागि सहमति नदिएको, जबर्जस्ती यौन सम्बन्ध राखेको र हमलाका समयमा विरोध गर्न सक्ने अवस्था किन बन्न सकेन भन्ने पनि साबित गर्नुपर्दथ्यो ।
रीना गोनोईको मुद्दामा पनि सेनालाई आन्तरिक जाँचका लागि बाध्य पारियो र यो घटनामा गत वर्षको डिसेम्बरमा पाँच सैनिकलाई बर्खास्त गरियो भने युनिट कमाण्डरलाई ६ महिनाका लागि निलम्बित गरियो ।
जाँचका क्रममा सेनामा यौन उत्पीडनका सयभन्दा बढी उजुरी आएको तर राम्रोसँग जाँच नभएको पाइयो । पछि मन्त्रालयले गोनोईसँग माफी माग्यो ।
गोनोईको संघर्ष र सफलता
गोनोई आफूमाथि जस्तो घटना भयो, त्यस्तो अरु कसैसँग नहोस् भन्ने चाहन्छिन् । उनले यो घटनाको उपेक्षा गरेकोमा सरकार दोषी रहेको पनि बताउँछिन् । उनले भनिन्, ‘एसडीएफमा सामेल हरेक महिलाको सुरक्षा हुनुपर्छ ।’
यसै वर्षको सुरुमा गोनोईले ५ आरोपी र जापान सरकारविरुद्ध ५५ लाख येन अर्थात ४० हजार डलर जरिबानाको मागसहित मुद्दा हालिन् । मानसिक प्रताडना र यसलाई रोक्न सरकार असफल भएकोमा थप २० लाख येन मागेकी छन् ।
मार्चमा फुकुशिमाका न्यायाधीशले जापानका जीएसडीएफका तीन पूर्वसदस्यलाई दोषी ठहर गरेका छने । गोनोई अब यो घटनालाई छाडेर आफ्नो जीवन बाँच्न चाहन्छिन् ।







