
जापान सरकारले बच्चा हुर्काउने मानिसहरुलाई जापान सरकारले आर्थिक सहयोग बढाएको छ ।
देशमा घट्दो जन्मदरमा सुधार ल्याउन जापान सरकारले अपनाइरहेका विभिन्न उपायहरुमध्ये आर्थिक सहयोग बढाउने नीति पनि अख्तियार गरेको हो ।
सरकारले आगामी तीन वर्षमा वार्षिक करिब २५ अर्ब डलर बच्चा हुर्काउने परिवारलाई आर्थिक सहयोगमा खर्च गर्ने सरकारको लक्ष्य छ ।
जन्मदर बढाउनका लागि अपनाउने उपायहरुमा सरकारबाट बाल पालन भत्ता प्राप्त गर्नका लागि घरपरिवारको आयको सीमा हटाउने विषय पनि समावेश छ ।
सिनियर हाई स्कुलका बालबालिकाहरुलाई पनि सरकारले सहायता उपलब्ध गराउनेछ ।
परिवारहरुले तीन वर्ष मुनिका प्रत्येक बच्चाका लागि १५ हजार येन मासिक भत्ता र तीन वर्षदेखि माथिको उमेरसम्म प्रतिबच्चा १० हजार येन उपलब्ध गराउनेछ ।
हरेक परिवारलाई तेस्रो सन्तान भएपछि बालबालिकाको उमेरभित्र पर्ने समयसम्म प्रति महिना ३० हजार येन उपलब्ध गराउनेछ ।
सरकारले आगामी आर्थिक वर्षदेखि नै पोस्ट सेकेण्डरी शिक्षाको बोझ कम गर्न थप विद्यार्थीका लागि ट्युशन घटाउने वा छात्रवृत्ति प्रदान गर्ने प्रस्ताव गरेको छ ।
सरकारले जनस्वास्थ्य बीमामा कभर गर्ने सम्बन्धित खर्चहरु जस्तै बच्चा जन्माउनका लागि आर्थिक सहयोग बढाउने योजना पनि बनाएको छ ।







