
जापानको राजधानी टोकियोस्थित हानेदा विमानस्थलमा दुईवटा यात्रुवाहक विमानहरू ट्याक्सी वे नजिकै ठोक्किन पुगेका छन् ।
जापानको यातायात मन्त्रालयका अनुसार स्थानीय समयअनुसार शनिबार बिहान बैंककका लागि प्रस्थान गर्न लागेको थाई एयरवेजको विमान र इभा एयरको विमान हानेदा विमानस्थलको धावनमार्गमा ठोक्किएका हुन् ।
ठोक्किएपछि दुई विमानहरू धावनमार्गमा पार्क गरिएका छन् । राष्ट्रिय प्रसारक एनएचकेले दुर्घटनाबाट थाई एयरवेजको विमानको पखेटाको भाग भाँचिएको जनाएको छ ।
विमानस्थलले दुर्घटनास्थल नजिकैको धावनमार्ग बन्द गरेको थियो । विमान ठोक्किएपछि विमानस्थलबाट कतिपय आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानहरू ढिला भएका थिए ।







