उत्तर कोरियाले जापानलाई ३१ मेदेखि ११ जुनको बीचमा स्याटेलाइट परीक्षण गर्न लागेको सूचना दिएको छ ।
जापानी तट रक्षक अधिकारीहरुले सोमबार उत्तर कोरियाले स्याटेलाइट परीक्षण गर्न लागेको सूचना दिएको उल्लेख गरेका छन् ।
विश्लेषकहरुले यो सैन्य स्याटेलाइटलाई उत्तर कोरियाको ड्रोनसहित परमाणु अस्त्रलाई विकसित गर्ने र युद्धको अवस्थामा प्रत्याक्रमणको क्षमता सुधार गर्ने कार्यक्रमको एक हिस्सा भएको बताएका छन् ।
उत्तर कोरियाले पछिल्लो समयमा केही अन्तरमहादेशीयसहित ब्यालिस्टिक मिसाइल परीक्षण गरिरहेको छ ।
जापानी तट रक्षक कार्यालयले उत्तर कोरियाले योजनाबद्ध परीक्षणको सूचना दिएको बताएको छ ।
जापानी प्रधानमन्त्री कार्यालय उत्तर कोरियालाई परीक्षणको कार्य कम गर्न अनुरोध गरेको छ । जापान सरकारले स्याटेलाइट लन्चको जानकारी एकत्रित गर्न हरसम्भव कोशिस गर्ने जनाएको छ ।
उत्तर कोरियाले यसअघि नै आफूले जासुसी उपग्रह निर्माणको काम पूरा गरेको जनाएको थियो । नेता किम जोङ उनले मेमा एक सैन्य उपग्रहको निरीक्षण गरेका थिए ।







