जापानमा नवजात शिशुको शव जलेको अवस्थामा भेटियो

जापानको शिजुओका प्रिफेक्चरको समुद्री किनारामा एक नवजात शिशुको शव फेला परेको छ ।

प्रिफेक्चरल प्रहरी मुख्यालयक威而鋼 ा अनुसार २७ तारिख बिहान पौने ७ बजे सिजुओका प्रिफेक्चरको नुमाजु शहरको ‘सेनबोनहामा बीच’ मा नवजात शिशुको शव भेटिएको हो ।

पुरै शव जलेको अवस्थामा भेटिएकाले शिशुको लिंग समेत पत्ता लगाउन सकिएको छैन ।

हत्या गरेर जलाएको आशंकामा प्रहरीले अनुसन्धान सुरु गरेको छ । घटना भएको स्थान जेआर नुमाजु स्टेशनको लगभग १.५ किलोमिटर दक्षिणमा रहेको समुद्री तट हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?