जापानी नागरिक छुटाउने विषयमा छिट्टै किमसँग वार्ता गर्ने किशिदाको बाचा

जापानका प्रधानमन्त्री फुमियो किशिदाले अपहरणमा परेका जापानी नागरिकलाई फिर्ता गराउन उत्तर कोरियाली नेता किम जोङ उनसँग चाँडोभन्दा चाँडो शिखर वार्ता गर्ने चाहाना व्यक्त गरेका छन् ।

उनले शिखर वार्ताका लागि दुई देशबीच उच्च तहको छलफल गर्न चाहेको पनि उल्लेख गरेका छन् ।

सन् १९७० र १९८० को दशकमा उत्तर कोरियाले अपहरण गरेका जापानी नागरिकको फिर्ताको माग गर्दै टोकियोमा भएको भेलामा किशिदाले किमसँग बिनासर्त वार्ता गर्न आफू प्रतिबद्ध रहेको बताएका छन् ।

आफ्नो सरकारले उत्तर कोरियासँग वार्ताको मार्ग प्रशस्त गर्न उच्च तहमा वार्ताको लक्ष्य राखेको उ犀利士5mg नको भनाई छ ।

जापानले १७ जना नागरिकलाई उत्तर कोरियाले अपहरण गरेको तथा अन्य धेरै बेपत्ता हुनुमा पनि प्योङयाङको हात रहेको हुनसक्ने आशंका गरेको छ । हराएकामध्ये सन् २००२ मा ५ जना फर्किए पनि अन्य १२ जना अझै बेपत्ता छन् ।

किशिदाले प्योङयाङसँग फलदायी सम्बन्ध स्थापना गर्नु दुवै पक्षको हितमा हुने र क्षेत्रीय स्थायित्व तथा शान्तिका लागि पनि योगदान हुने बताए ।

जापानले अपहरणमा परेका नागरिक फिर्ता भएका उत्तर कोरियालाई मानवीय सहायताको विरोध नगर्ने बताउँदै आएको छ ।

उत्तर कोरियाले भने सन् २००२ मा फिर्ता गरेका बाहेक आफूहरुसँग कुनै जापानी नरहेको भन्दै वार्ता अस्वीकार गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?