जापानका प्रधानमन्त्री आबेलाई नेपाल भ्रमणको निम्तो

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जापानका प्रधानमन्त्री सिन्जो आबेलाई नेपाल भ्रमणको निम्ता दिएका छन् ।

आफ्नो चार वर्षे कार्यकाल सकेर स्वदेश फर्किन लागेका नेपालका लागि जापानी राजदूत मासासी ओगावामार्फत प्रम ओलीले जापानी प्रधानमन्त्री आबेलाई भ्रमणका लागि अनुरोध गरेका हुन् ।

राजदूत ओगावाले साेमबार साँझ प्रधानमन्त्री ओलीसँग बिदाइ भेट गरेका थिए। उनी आफ्नो कार्यकाल सकेर मङ्गलबार स्वदेश फर्किंदै छन् ।

भेटमा प्रधानमन्त्री ओलीले गएको ११ वर्षदेखि नेपाल र जापानबीचमा उच्चस्तरीय भ्रमण हुन नसकेको उल्लेख गर्दै यथासम्भव छिटो नेपाल भ्रमणका लागि जापानी प्रधानमन्त्रीलाई आमन्त्रण गरेकाे प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा कुन्दन अर्यालले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?