जापानमा पनि मनाईयो २५६२ औ बुद्व जयन्ती

टोकियो । नेवा: अन्तराष्ट्रिय फोरम जापानद्वारा आयोजित २५६२ औं बुद्ध जयन्ती समारोह मे १२ तारिख सम्पन्न गरेको छ ।

चिबा केन माचुदो शी मा अवस्थित माचुदो सेइचिरेइएन बिहारमा आयोजना गरिएको यस समारोहमा महामहिम राजदूत प्रतिभा राणाको प्रमुख आतिथ्यता रहेको थियो ।

नेपाल लगायत जापान, श्रीलंका र बर्माबाट आमन्त्रित बुद्धका अनुयायी भन्तेहरूबाट बुद्धका स्लोकहरू बाचन गरी विश्व शान्तिको कामना गर्दै पुजापाठ समेत गरिएको थियो ।

टोकियो, चिबा, खानागावा क्षेत्र बाट नेपाली तथा जापानिज आगन्तुकहरू सहभागी भई कार्यक्रम सफलतापुर्वक सम्पन्न गरिएको थियो ।

नेपाल बुद्धको जन्मभूमि हो, हामी नेपालीहरू बुद्धको जन्मस्थल लुम्बिनी भएको देशको जनता हुनुमा गर्व गर्दछौ, जापानमा पनि बुद्ध जयन्ती आयोजना गरिएको र त्यसमा सहभागी हुन पाएकोमा हर्षित छु भन्दै राजदूत राणाले आयोजकलाई धन्यवाद दिनुभयो ।

यस्ता कार्यक्रमले बुद्ध जयन्ती मनाउनुको साथसाथै जापानिजहरूलाई पनि लुम्बिनीको बारे जानकारी हुने र भ्रमणमा जान सक्ने समेत बताउनु भयो ।

बिहारको प्रमुख माचुई दोउकोउले हाम्रो यस बिहार नयाँ भएको र निर्माण पश्चात यस्तो बृहत कार्यक्रमको आयोजना पहिलो पटक भएकोले आयोजकलाई धन्यवाद व्यक्त गर्नुभयो ।

भगवान बुद्ध जन्मनुभएको देश नेपालबाट आउनुभएका तपाई नेपालीहरूलाई भेट्न पाउँदा अत्यन्त खुशीलागेको र बुद्ध सम्बन्धी कुनै कार्यक्रम गर्नुपरे हाम्रो यस बिहारको ढोका सधै खुल्ला रहने छ प्रमुख माचुईले बताउनुभयो ।

नेवा: अन्तराष्ट्रिय फोरम जापानले आफ्नो स्थापानाकाल देखि बुद्ध जयन्ती मनाउदै आएको र यो १५औं पटक भएको यस कार्यक्रमकी संयोजक तथा संस्थाकी भुतपुर्व अध्यक्ष खातो ज्ञानु मानन्धरले बताउनुभयो ।

बुद्घ जयन्ती मानाउनु सबै नेपालीको कार्तव्य हो , यसमा कुनै धर्म तथा जात बिषेशले मात्र मनाउने होईन संस्थाको अध्यक्ष दीपरत्न शाक्यले जोड दिनुभयो । बिदेशमा रहेरपनि शान्ती दुत गैतम बुद्धको जन्मदिनलाई मनाउनुपर्ने हामी नेपालीको कर्तव्य भएकोले फोरमले यो कार्यक्रम आफ्नो स्थापानाकाल देखि आयोजना गर्दै आएको छ ।

यस किसिमको कार्यक्रमले बुद्धको जन्मस्थल लुम्बिनीको बारेमा जापानिज माँझ गरिएको गलत प्रचारलाई चिर्न समेत सहयोग पुगेको छ आयोजक फोरमको महासचिव शिव तण्डुकारले बताउनुभयो ।

जापानमा आफनो कला र संकृति जगेर्णा गर्ने उदेश्यले वर्षै भरी विभिन्न कार्यक्रम गर्दै आएको नेवा: अन्तराष्ट्रिय फोरम जापान, जापानमा सक्रिय संस्था मध्येको एक हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?