जापानको टोकियो, नागोया र ओशाकामा ‘साकुरा नाईट ३’ सम्पन्न

टोकियो । गोल्डेन विकको अवसरमा टोकियो, नागोया र ओशाकामा ‘साकुरा नाईट-३’ भब्यताका साथ सम्पन्न भएको छ ।

आधुनिक गायक हेमन्त शर्मा, पप गाएक कमल खत्री, लोक गायक मिलन लामा, आधुनिक गायिका मिलन अमात्य, कमेडीयन सन्दिप क्षेत्रीले बेजोड़ प्रस्तुति दिएको कार्यक्रममा संचारकर्मी नरेश भट्टराईले संचालन गरेका थिए ।

साकुरा नाईटमा ३ मा रिवन काटेर समुद्घाटन गरे लगत्तै सुर्य कर्पोरेसनका डाईरेक्टर बाशुदेव लामिछानेले कार्यक्रमको उदेश्यबारे प्रकाश पारेका थिए ।

राष्ट्रिय गानबाट सुरुभएको टोकियोको कार्यक्रममा बाल कलाकार दिव्या नेपालले पहिलो प्रस्तुति प्रस्तुत गरेकी थिईन । औपचारिक कार्यक्रममा रविन शर्माले उद्घोषण गरेका थिए भने संचारकर्मी नरेश भट्टराईले सांगीतिक कार्यक्रम संचालन गरेका थिए ।

सूर्य कर्पोरेशनले विगत ३ वर्षदेखि ‘साकुरा नाईट’ आयोजना हुँदै आएको छ । कार्यक्रमको मुनाफा मानव सेवा आश्रमलाई सहयोग गर्ने सूर्य कर्पोरेशनका अध्यक्ष बाशुदेव लामिछानेले बताए ।

आयोजकले गत वर्षको कार्यक्रमको मुनाफाबाट १ लाख ११ हजार १११ रुपियाँ मानव सेवा आश्रमलाई सहयोग गरेको थियो ।

यस वर्ष कार्यक्रमकै विच चितवनको चेपांग बालबालिका सहयोगार्थ छुट्टै ३० हजार एन सहयोग गरेको छ ।

टोकियो (मे ३ तारीक), नागोया (मे ४ तारिख), ओशाका (मे ५ तारिख) र मे ६ तारिख सायोनारा साकुरा नामक नाम दिई बिदाई तथा सम्मान कार्यक्रम समेत गरिएको थियो।

प्रत्येक वर्ष गोल्डेन विकमा साकुरा नाईट गरिने आयोजक सुर्य कर्पोरेसनले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?