जापानमा सुतिरहेको अवस्थामा एक नेपालीको निधन

जापानमा एक नेपाली साथीहरुसंग सुतिरहेको अवस्थामा निधन भएको छ ।

पोखरा लेखनाथ महानगरपालिका घर भई हाल चिवामा बसोबास गरि एफ. हिरोताकी लिमिटेड कम्पनीमा कार्यरत २८ वर्षीय राजु केसी क्षेत्री (विवस) को विहानी पख निधन भएको पुष्टि भएको हो ।

रातीको १२ बजे साथीसंग सुतेका केसी मे महिनाको ४ तारिख विहान ८:४५ तिर उठाउन खोज्दा नउठेपछि संगै सुत्ने साथीले प्रहरीलाई खबर गरि एम्बुलेन्स बोलाउदा बितिसकेको जानकारी गराएको थियो ।

सन् २०१४ मा जापान प्रवेश गरेका केसी टोकियो युनिभर्सिटी अफ सोसियल वेलफेर जापानीज स्कुलमा २ वर्ष अध्ययन सकी सनसाईन सेन्मोन गाक्कोउमा २ वर्षे अध्ययन पश्चात कम्पनीमा काम सुरु गरेका थिए ।

केसी केहि महिना अघि विवाह गरि जापान फर्किएका थिए । केसीको शव प्रहरी चौकीमा अनुसन्धानका लागि लगिएको छ ।

एनआरएनए कान्तो क्षेत्रीय समितिका संयोजक नविन निउरे सो घटना बारे बुझ्न घटना स्थल पुगेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?