सामाजिक उदेश्यका साथ बाग्लुङ्ग समाज जापानको सांगीतिक कार्यक्रम अप्रिल २९ मा हुदैँ

टोकियो । बाग्लुङ्ग समाज जापानले टोकियोमा वृहत सांगीतिक कार्यक्रम आयोजना गर्ने भएको छ । बालबालिका, अपाङ्ग र वृद्धवृद्धाहरुको सहयोगार्थ टोकियोमा सांगीतिक कार्यक्रम आयोजना गर्न लागिएको हो ।

सो कार्यक्रमका लागि नेपाल देखि चर्चित कलाकारहरू योगेेेश काजी, सूर्य खड्का, राम कृष्ण बम मल्ल, दिपक परियार, मिस नेपाल जापानकी सेकेण्ड रनर अप प्रियंका कार्की लगायत थुप्रै स्थानीय कलाकारहरुको प्रस्तुति रहेन छ ।

कार्यक्रम अप्रिल २९ तारिखआईतवार साझ ६ बजेबाट सुरु हुने आयोजकले जनाएको छ । समाजले मानवीय सहयोगका लागि कार्यक्रम आयोजना गर्न लागिएकोले उपस्थितिका लागि अनुरोध समेत गरेको छ ।

कार्यक्रम २९, अप्रिल २०१८ आइतबार साझ ५:३० बजे हुन गइरहेको आयोजक कमिटिकि सदस्य सरिता क्षेत्रीले हामीलाई जानकारी दिनु भयो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?