इजीलिंक रेमिट्यान्स र सानिमा बैंकबीच रेमिट्यान्स भुक्तानी सम्झौता

काठमाडौं । विभिन्न मुलुकबाट देशमा रेमिट्यान्स भित्राउदै आएको सेवा प्रदायक कम्पनी इजीलिंक रेमिट्यान्स प्रालि. र सानिमा बैंक लिमिटेडबीच रेमिट्यान्स भुक्तानी सम्बन्धि सम्झौता भएको छ ।

सम्झौतापत्रमा इजीलिंक रेमिट्यान्सको तर्फबाट प्रबन्ध निर्देशक दिपेन्द्र खनाल, अपरेशन म्यानेजर सालिक राम दाहाल र सानिमा बैंकको तर्फबाट प्रमुख वित्तीय अधिकृत सरोज गुरागांई, विप्रेषण विभाग प्रमुख निमेष श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

यो सम्झौतापछि अब विश्वका विभिन्न देशबाट इजीलिंक रेमिट्यान्स मार्फत पठाएको रकम सानिमा बैंकका देशभरी रहेका ५८ शाखाहरुबाट सजिलै भुक्तानी लिन सकिनेछ । सम्झौतापछि इजीलिंक रेमिट्यान्सका प्रबन्ध निर्देशक दिपेन्द्र खनालले विदेशबाट पठाएको पैसालाई छिटो, छरितो तरिकाले सेवाग्राहीसम्म पु–याउन यो सम्झौताले थप सहज बनाउने बताए ।

इजीलिंक रेमिट्यान्सले विगत १९ बर्षदेखी विश्वका विभिन्न मलुकहरुबाट नेपालमा रेमिट्यान्स भित्रयाइरहेको छ । आफ्ना सेवाग्राहीलाई थप सहज र सुलभ बनाउँदै लैजान देशभरका विभिन्न बैंक तथा वित्तीय संस्थाहरुका साथै नीजि कम्पनीहरुसंग पनि रेमिट्यान्स भुक्तानी सम्झौतालाइ तीव्र पारेको छ ।

इजी लिंक रेमिट्यान्सले अन्य देशबाट पनि रेमिट्यान्स भित्राउन तीव्र्र रुपमा अघि बढिरहेको र यो सम्झौतासंगै विश्वका विभिन्न मुलकबाट इजीलिंक रेमिट्यान्स मार्फत पठाएको रकम अब इजी लिंक रेमिट्यान्सका ५ हजारभन्दा बढी एजेन्ट, सब–एजेन्ट तथा सम्झौता भएका विभिन्न बैंक तथा वित्तीय संस्थाहरुबाट भुक्तानी लिन सकिने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?