नायिका निशाको पेटमा ५ महिनाको बच्चा, बच्चाको बारेमा फेसबुकमा के भनिन् निशाले (पुरा पढ्नुहोस)

केहि समय अघि आफ्नो प्रेमी क्रिकेटर शरद भेषवाकरसंग विवाह बन्धनमा बाधिएकि नायिका निशा अधिकारी आमा बन्ने भएकी छिन ।

नायिका निशा अधिकारी आफैले सामाजिक सञ्जाल मार्फत आफु आमा बन्न लागेको सार्वजनिक गरेकी हुन् । उनि आमा बन्न लागेको चर्चा फिल्मकर्मीमा मात्र सिमित थियो तर उनले निर्माण गरेको चलचित्र ‘झ्यानाकुटी’ प्रदर्शनको बेलामा उनलाई आमा बन्ने बारे विभिन्न प्रश्न तेर्सिएता पनि उनले यसबारे बोलेकी थिइनन् ।

जुन दिनदेखि आफ्नो पेटमा बच्चा बस्यो, सोहि दिनदेखि आफू आमा भैसकेको नीशाको भनाई छ । नीशाले आफू गर्भवती भएको ५ महिना भएको समेत जानकारी दिएकी छिन् ।

चलचित्र ‘पोखराकी कान्छी’ को छायांकन चल्दा चल्दै बिचमा नै चलचित्रको छायांकन रोकेर निशाले आफ्नो प्रेमी क्रिकेटर शरद भेषवाकरसंग विवाह बन्धनमा बाधिएकी थिइन् ।

निशा अधिकारी ,गजित विष्ट,सरोज खनाल लगायतको मुख्य भूमिका रहेको चलचित्र ‘पोखराकी कान्छी’ छिट्टै प्रदर्शनको तयारीमा रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?