कमल खत्रीको कारुणिक शब्द र भावनाको संगम जाउला रेलैमा सार्वजनिक

काठमाण्डौ । माया र भावनाका शब्दहरुको संगम जाउँला रेलैमा माया तिम्रो साथैमा बलेको म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

गायक कमल खत्रीको स्वरमा सजिएको उक्त गीत एक ग्रामिण समुदायमा रहेको जातिय भेदभाव र माया प्रेममा जातियताले निम्त्याएको कारुणिकता प्रस्तुत गरिएको छ ।

सुमधुर स्वर र संगीतमा सजिएको उक्त गीतलाई कमल खत्री स्वयमको नै शब्द तथा संगीत रहेको छ ।

सिम्पल खरेलको कोरियोग्रफी तथा हरि हुमाँगाईको सिनेमेट्रोग्राफी रहेको उक्त म्यूजिक भिडियोमा गायक स्वयम कमल खत्री र सिम्पल खरेलको अभिनय रहेको छ ।

निशान घिमिरेको सम्पादनमा तयार भएको उक्त गीत कमल खत्रीकै युट्युव च्यानलबाट सार्बजनिक गरिएको छ ।

म्यूजिक भिडियो सार्वजनिक भए लगतै गायक खत्रीले पहिलो पटक जापानमा सो गीत गाउने छन । २५ तारिख डिसेम्वर बाराकाडे गूड टाइम्समा हुन गईरहेको क्रिस्मस नाईटमा विशेष प्रस्तुती रहने छ ।

गीतको म्यूजिक भिडियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?