टोकियोमा पप स्टार कमल खत्रीको साथमा क्रिस्मस नाईट हुँदै

जापान । टोकियोस्थित शिन ओकुबोमा क्रिस्मस पार्टी हुने भएको छ । ए वान इन्टरटेन्मेन्टको प्रस्तुती रहने क्रिस्मस नाईटमा युवाहरुको ढुकढुकी पप स्टार कमल खत्रीको विशेष प्रस्तुती सहितको डिजे पार्टी गर्न लागिएको हो ।

बाराकाडे गूड टाइम्समा ६ बजेबाट सुरु हुने क्रिस्मस डे २५ तारिख कै दिन आयोजना गर्न लागिएको क्रिस्मस नाईटमा स्थानीय कलाकारहरुको समेत प्रस्तुती रहने ए वान इन्टरटेन्मेन्टका प्रमुख डिजे जोन छन्त्यालले जानकारी दिए ।

सो नाईट विशेष हुने भएकोले आयोजकले उपस्थितिका लागि अनुरोध समेत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?