जापानी सूचना स्वतन्त्रताको अवस्था बुझ्न नेपाल सरकारको विशेष टोली टोकियोमा

टोकियो । जापानमा सूचना स्वतन्त्रताको हकको अवस्था अध्ययन गर्न टोकियो आईपुगेको नेपाली टोलीले यस वारेमा छलफल सुरु गरेको छ ।

बुधबार र बिहिबार टोकियोस्थित आन्तरिक मामिला तथा सूचना मन्त्रालयका विशिष्ट पदाधिकारीहरुसंग भएको दुई पक्षिय छलफलमा नेपाली टोलीले जापानमा सूचना स्वतन्त्रताको हकको कानुन कार्यान्वयनको अवस्थाको वारेमा जानकारी लिने लिएको छ।

बुधबार पहिलो दिनको छलफलमा जापान र नेपालको कानुनको कार्यान्वयन अवस्थाका वारेमा विशेष कुराकानी भएको थियो। राष्ट्रिय सूचना आयोगका आयुक्तद्धय किरण पोखरेल र प्रवक्ता समेत रहेकी यशोदादेवी तिम्सिना, सचिव शंकर पाठक टोकियो स्थित नेपाली दूतावासका उपनियोग प्रमुख कृष्णचन्द्र अर्याल तथा आयोगका शाखा अधिकृत रमेश लामिछानेको टोलीले जापानी मन्त्रालयका प्रमुख सहितका पदाधिकारीहरुसंग छलफल तथा अन्तकृया भएको हो ।

आयोगका आयुक्त पोखरेलका अनुसार जापानी मन्त्रालयका पदाधिकारीहरुले जापानमा सूचनाको स्वतन्त्रताको हक सम्वन्धि कानुनको कार्यान्वयनको अवस्था, राष्ट्रको समृद्धिका लागि कानुनले सुशासनमा पुर्याएको योगदान र सूचनाको हकको असल अभ्यासका विषयमा कार्यपत्र सहित विविध जानकारी गराएका थिए।

बिहिबार सोही कार्यक्रम अन्तर्गत कानुनी तथा अन्य आधारभूत विषयमा छलफल गरिने आयुक्त तथा प्रवक्ता समेत रहेकी यशोदादेवी तिम्सिनाले जानकारी दिनुभयो। यस्तै नेपाली टोलीले नेपालमा सूचना स्वतन्त्रता हकको कानुनी र कार्यान्वयन अवस्थाका वारेमा जानकारी गराएका थिए।

पहिलो दिनको छलफल पश्चात आगामी दिनमा पनि नेपाल र जापानको सूचनाको हक विषयमा विभिन्न तहमा परस्पर छलफल गर्न आवश्यक रहेको औल्याईएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?