जापानको ९८ औ प्रधानमन्त्रीमा पुन: सिन्जो आवे निर्वाचित

टोकियो । जापानको ९८ औ प्रधानमन्त्रीमा पुन: सिन्जो आवे निर्वाचित भएका छन् ।

जापानको प्रतिनिधि सभा र राष्ट्रिय सभाको निर्वाचनमा आवे नेतृत्वको गठबन्धनले बहुमत ल्याएपछि आवेले चौथो पटक प्रधानमन्त्री पदको जिम्मेवार सम्हालेका हुन् ।

प्रधानमन्त्री आवेले केहि महिना पहिलाकै मन्त्री मण्डललाई निरन्तरता दिने भएको छ ।

प्रधानमन्त्री आवेले आफ्नो कार्यभार सम्हाल्न आजै जापानी सम्राट समक्ष पद तथा गोपनियताको सपथ लिने जापानी संचार माध्यमले जनाएको छ ।

लगतै प्रधानमन्त्री आवेले जापानी सम्राटको उपस्थितिमा मन्त्रीहरुको सपथ ग्रहण गराउने कार्यक्रम तय गरिएको छ ।

आजै आफ्नो कार्यभार सम्हाल्ने छन् । तल्लो सदनमा ३१२ र माथिल्लो सदनमा १५१ मतका साथ आवे पुन: प्रधानमन्त्रीमा चयन भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?